हेटाैंडा- प्रगतिशील लेखक संघ मकवानपुरकाे अायाेजनामा शुक्रबार पाँच कविका १५ कविताकाे चाैथाे शृङ्खला सम्पन्न गरेकाे छ । संघकी अध्यक्ष शान्तिप्रिय बन्दनाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान मातृभाषा साहित्य विभाग प्रमुख लक्ष्मी मालीकाे प्रमुख अातिथ्यता रहेकाे थियाे । कार्यक्रममा देशका विभिन्न जिल्लाका ५ जना कविले ३/३ वटाकविता प्रस्तुत गरेका थिए ।
जुम मिटिङमार्फत भएकाे कार्यक्रममा राेल्पाका कवि दीप दर्पण, मकवानपुरे कवि मसान उपासक, इलामकी रिता पाेखरेल, राैतहटका सञ्जय शाह मित्र र कास्कीबाट सरस्वती श्रेष्ठ सरुले ३/३ वटा कविता सुनाएका थिए । कार्यकममा गजल मञ्च मकवानपुरका अध्यक्ष एवम् समीक्षक देवराज तिवारीले बाचित कविताहरुमाथि समीक्षा गरेका थिए । संघका सचिव विशाल अधिकारीले सहजीकरण गरेकाे कार्यक्रममा प्रगतिशील लेखक संघका महासचिव समीर सिंह, पूर्व केन्द्रीय सदस्य निमेष निखिल, संघका पार्षद सुवास खनाललगायतकाे अातिथ्यता रहेकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here