हेटाैंडा-बागमती प्रदेशमा मुख्यमन्त्री डाेरमणि पाैडेलमाथि अविश्वासकाे प्रस्ताव दर्ता भएपछि बसेकाे नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलकाे बैठक काठमाडाैंमा भर्खरै सम्पन्न भएकाे छ । दलकाे बैठकले प्रदेशमा अन्य राजनीतिक दलसँग अावश्यक छलफल र भेटवार्ताकाे लागि संसदीय दलकाे नेता ईन्द्रबहादुर बानियाँलाई जिम्मा दिने निर्णय भएकाे छ ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका प्रवक्ता प्रभात तामाङका अनुसार संसदीय दलकाे बैठकले प्रधानमन्त्री केपी अाेलीले चालेकाे कदम असंवैधानिक भएकाे भन्दै त्यसकाे सशक्त विराेध गर्ने निर्णय भएकाे छ । ‘प्रधानमन्त्रीकाे कदम असंवैधानिक भएकाे दलकाे बैठकले निष्कर्ष निकालेकाे छ । प्रदेशमा जुन अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ त्यस विषयमा अन्य दलहरूसँग छलफल गर्न नेता ईन्द्रबहादुर बानियाँलाई जिम्मा दिने निर्णय भएकाे छ ।’ कांग्रेस संसदीय दलका प्रवक्ता तामाङले भने । ‘तत्काल कुनै दलकाे पक्ष विपक्षमा उत्रने निर्णय भएकाे छैन । नेताले केन्द्रसँग परामर्श गरेर दलकाे बैठकमा पछि प्रस्ताव ल्याउनुहाेला ।’ बागमती प्रदेशमा मुख्यमन्त्री डाेरमणि पाैडेलविरुद्ध शुक्रबार अविश्वासकाे प्रस्ताव दर्ता भएपछि राजनीतिक सरगर्मी बढेकाे छ । ४५ जना सांसदकाे हस्ताक्षरसहित अविश्वासकाे प्रस्ताव दर्ता भएकाेमा प्रदेशसभाबाट पारित हुन कम्तीमा बहुमत सदस्य अर्थात ५६ जजा सांसदकाे अावश्यक पर्छ । नेकपाकाे ८० सांसदमध्ये उनीहरु ४५ र ३५ मा विभाजित भएका छन् । २२ सांसद रहेकाे नेपाली कांग्रेस निर्णायक शक्ति हाे । साना दलकाे सांसद ८ रहेता पनि उनीहरु निर्णायक छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here