हेटौंडा–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवादको प्रत्यक्ष असर बागमती प्रदेशमा पनि देखिएको छ । संसदीय दलमा अल्पमतमा रहेका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध प्रचण्ड–माधव खेमाका प्रदेशसभा सदस्यले शुक्रबार बिहान प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । बिहान ११ः२५ बजे नेकपाका ४५ जना सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

वर्तमान प्रदेश सरकारले जनताको विश्वासअनुसार काम नगरेको भन्दै आन्तरिक तत्कालीन माओवादीका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल प्रस्तावक र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल समर्थक रही मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको अविश्वासको प्रस्ताव दर्ता गर्दै भावी मुख्यमन्त्रीको लागि नेकपा नेतृ अष्टलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ ।

प्रदेशसभा सचिवालयमा अश्विासको प्रस्ताव दर्ता गराएसँगै माधव प्रचण्ड खेमाका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले मन्त्री पदबाट राजीनामासमेत दिएका छन् । प्रदेशसभामा नेकपाका ८० सांसदमध्ये ४५ जना सांसद माधव प्रचण्ड खेमामा उभिएका हुन् । प्रदेशसभामा कुल एक सय १० जना सांसद छन् ।

हेर्नुहोस् कुनकुन सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here