कार्यक्रममा मन्तव्य व्यक्त गर्दै नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल

हेटौंडा– ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बीपी विचार समाज मकवानपुरको आयोजनामा बिहीबार हेटौंडामा भएको वक्तृत्वकला प्रतियोगितामा हेटौंडा क्याम्पसकाराजीव फुयाँल प्रथम भएका छन् । बीपीको दृष्टिकोण र राष्ट्रिय मेलमिलाप बिषयक जिल्ला स्तरीय अन्तर क्याम्पसस्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा ४ वटा क्याम्पसका ९ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नारायणी कलेजकी निलम भट्ट द्वितीय र हेटौंडा क्याम्पसकी कमली तामाङ तृतिय भएकी छन् । यसैगरी हेटौंडा स्कुल अफ म्यानेज्मेन्टका उदयराज अधिकारी र प्रतिक कोइराला सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेहरुले क्रमशः तीन हजार, दुई हजार, एक हजार र पाँच पाँच सय नगद सहित प्रमणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको निर्णायकहरुमा कृष्ण प्रसाद दाहाल र राजबाबु पहाडी रहेका थिए । समाजका अध्यक्ष विनोद चन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहाकार माइकल रामचन्द्र अर्याल, नेपाली कांग्रेस मकवानपुरका प्रवक्ता एवम समाजका उपाध्यक्ष प्रदिप कोइराला, जिल्ला सदस्य इन्दिरा न्यौपाने, नारायणप्रसाद लम्साल, माधव आचार्य लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here