हेटौंडा– मकवानपुरे मोडल सगुन स्याङतानको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिशाल काल्तानको शब्द, संगीत र लय रहेको ‘के खानु कसम’ नामक गीतमा उनले मोडेलिङ गरेका छन् । सोमबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी ‘के खानु कसम’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।

उनले यस अघि पनि धेरै गीतमा मोडलिङ गरिसकेका छन् । पत्रकार सम्मेलनमा युवा लिडर तथा समाजसेवी समेत रहेका मोडल सगुनले हालै सार्वजनिक भएको ‘के खानु कसम’बोलको गीतबाट र्दशकले मन पराउनेमा बढी आशावादी रहेको बताए । उनले मोडलिङ क्षेत्रमा लामो समय बिताएको भन्दैे दर्शकहरुमा यस भिडियोले मनोरञ्जन प्रदान गर्ने र माया पिरती बिचको भिडियो भएको हुँदा सबैले माया गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ रहेको थियो । उनले फिल्म तथा म्युजिक भिडियो आफ्नो रुचिको बिषय रहेको बताउँदै यस क्षेत्रमा निरन्तर अघि बढ्ने बताए ।

सुमित लामाको निर्देशनमा बनेको म्यूजिक भिडियोमा सगुनलाई मोडल यङगी दोङ (तामाङ) ले साथ दिएका छन् । दुच्छे म्यूजिक क्रियशनबाट सार्वजनिक भएको यस गीतमा दिपेश प्रधानकोे अडियो मिक्सिङ रहेको छ । लक्ष्मण घिमिरेले छ्याङकन र विष्णु सेवाले ड्रोनको भुमिका निर्वाह गरेका छन् । पत्रकार सम्मेलनमा निर्देशक सुमित लामाले भिडियो धेरै राम्रो बनेको भन्दै सबैले हेरेर सल्लाह तथा सुझाव दिनको लागि आग्रह गरे । उनले चितवनको जेम्सवल्ड पार्क, कबिलास रिसोर्ट, टिकौलीको जंगल लयाततको क्षेत्रमा भिडियो छ्याङकन गरिएको बताए । भिडियोलाई द मिरर युनिटले निर्माण गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here