हेटौंडा– मकवानपुर कुखुरा ब्यबसायी संघको अध्यक्षमा गोकुलनाथ पौडेल चयन भएका छन् । शनिबार भएको १४ औ बार्षिक साधारणसभा तथा ४ औ बिशेष अधिबेसनबाट पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

संघको बरिष्ठ उपाध्यक्षमा जयराम अर्याल, प्रथम उपाध्यक्षमा दीपक मिश्र, द्वितीय उपाध्यक्षमा गोबिन्द सापकोटा, महासचिवमा श्याम सुन्दर परियार र कोषाध्यक्षमा ऋषिराम दुलाल चयन भएका छन् ।

त्यस्तै संघको सचिवमा रविन ढकाल र सदस्यहरुमा नबिन ढकाल, प्रभाकर पुडासैनी, भबनाथ सापकोटा, गोकुल बिडारी, मधु मैनाली, मनिष मान श्रेष्ठ, बिनोद थापा लिलानाथ न्यौपाने चयन भएका छन् । संघका अध्यक्ष राजु अधिकारीको अध्यक्षतामा भएको साधारणसभा उद्घाटन कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रमकैबीच पत्रकार गिरिजा अधिकारी, सुरेश श्रेष्ठ र सुबास बिडारीलाई पुरस्कृतसमेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here