भारतको मुम्बईमा तीन जनामा कोरोना भाइरसको नयाँ स्ट्रेन ‘प्रकार’ को संक्रमण देखिएको छ । चिन्ताको कुरा त के छ भने यो नयाँ कोरोनासँग लड्न शरीरको एन्डिबडी ‘प्रतिरक्षा प्रणाली’ ले समेत काम नगर्ने देखिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो तथ्य मुम्बईस्थित टाटा मेमोरियल सेन्टरका वैज्ञानिकले पुष्टि गरेका हुन् ।

वैज्ञानिकका अनुसार कोरोनाको यो नयाँ स्ट्रेनलाई ‘ई ‘४८४’ नामले चिनिन्छ। कोरोनाको यो नयाँ रूप दक्षिण अफ्रिकामा फेला परेको प्रकारसँग मिल्दोजुल्दो देखिएको छ । सेन्टर फर होमियोप्याथी विभागका प्राध्यापक डाक्टर निखिल पटकरका अनुसार यो दक्षिण अफ्रिकामा फेला परेका तीन म्युटेन्ट्स के–४१७ ए’, ‘ई ४८४ के’ र ‘एन ५०१ वाई’ जस्तै छ । उनको समूहले कोरोनाका ७ सय नमुनाको जिनोम सिक्वेन्सिङ गरेको थियो । जसमध्ये ३ नमुनामा कोरोनाको ‘ई ४८४ के’ प्रकार फला परेको हो। यी तीन बिरामी गत सेप्टेम्बरमा संक्रमित भएका थिए। उनीहरू ३०, ३२ र ४३ वर्षका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here