हेटौंडा– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी नयाँ चुनावको मिति तोकेको विरोधमा नेपाली कांग्रेसले घोषणा गरेको विरोधका कार्यक्रमअन्गर्तत माघ ३ गते देशभरका ७ सय ५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन तथा सभा हुँदैछन् । यसै सन्दर्भमा मकवानपुरको १० वटै स्थानीय तहमा प्रदर्शन तथा सभाको लागि कांग्रेसले तयारी गरेको छ। विरोध प्रदर्शन तथा विरोधसभाको लागि कांग्रेसले जिल्ला प्रतिनिधि तोकेको छ ।

कांग्रेस मकवानपुरको पदाधिकारी बैठकले यही माघ ३ गते हुने ब्यापक विरोध प्रदर्शन तथा विरोधसभाका लागि हेटौंडा उपमहानगरपालिकामा कार्यबहाक सभापति विष्णुप्रसाद लामिछाने र थाहा नगरपालिकामा जिल्ला सल्लाहकार जयराम लामिछानेलाई जिल्ला प्रतिनिधि तोकेको छ ।

त्यसैगरी बागमती गाउँपालिकामा जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, बकैया गाउँपालिकामा प्रवक्ता प्रदिप कोइराला, मकवानपुर गढी गाउँपालिकामा सहसचिव रामबाबु बानियाँ र भीमफेदी गाउँपालिकामा सल्लाहकार रिता खनाललाई जिल्ला प्रतिनिधि तोकेको छ ।

त्यस्तै ईन्द्रसरोवर गाउँपालिकामा जिल्ला सचिव बुद्ध लामा, कैलाश गाउँपालिकामा सल्लाहकार प्रभातकुमार दाहाल, राक्सिराङ गाउँपालिकामा सल्लाहकार उमा दाहाल र मनहरी गाउँपालिकामा प्रमूख सल्लाहकार माईकल रामचन्द्र अर्याललाई जिल्ला प्रतिनिधि तोकेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।
केपी ओलीको कम्युनिष्ट सरकारले गरेको संसद विघटन, सर्वसत्तावाद, भ्रष्टाचारको विरुद्धमा नेपाली कांग्रेसले यसअघि देशब्यापीरुपमा मंसिर २९ गते ब्यापक विरोध प्रदर्शन, पुस १३ गते १ सय ६५ नै संघिय निर्वाचन क्षेत्र र पुस २५ गते ३ सय ३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन तथा विरोध सभा गरेको थियो ।

कांग्रेसको विरोधसभा कार्यक्रमअन्र्तगत माघ ३ देशभरका ७ सय ५३ वटै स्थानीय निकायहरु र माघ ८ गते ७ सय ५३ स्थानीय निकायको ६ हजार ७ सय ४३ वडाहरुमै विरोध प्रदर्शन एवं विरोध सभा गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here