हेटौंडा–मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ४ मा नेकपा र राप्रपा पार्टी परित्याग गरी ७५ जना नेपाली कांग्रेसमा प्रदेश गरेका छन् । मंगलबार एक कार्यक्रमकाबीच नेपाली कांग्रेस महासमिति सदस्य उमा दाहाललगायतले उनीहरुलाई पार्टीको सदस्यता प्रदान गर्दै कांग्रेसमा स्वागत गरेका हुन् ।

कांग्रेस महासमिति सदस्य उमा दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य सन्तबहादुर प्रजाको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा राक्सिराङ गाउँपालिका निर्वाचित अध्यक्ष एवम् नेपाली कांग्रेस जिल्ला सदस्य राजकुमार मल्ल, नेपाली कांग्रेस राक्सिराङ गाउँपालिकाका सभापति विरेन्द्र जिम्मा, राक्सिराङ–८ का निर्वाचित वडाध्यक्ष रामकृष्ण प्रजा, नेपाली कांग्रेस क्षेत्रीय सचिव सन्तोष थापा, मनहरी गाउँपालिकाका पूर्व सचिव प्रकाश वर्तौला, तरुण दल जिल्ला सदस्य नवराज लामालगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here