हेटाैंडा- प्रधानमन्त्री केपी शर्मा अाेलीकाे सिफारिसमा राष्ट्रपतिबाट संसद विघटन गरिनु असंवैधानिक भएकाे भन्दै अान्दाेलन गरिरहेकाे नेपाली कांग्रेसले शनिबार देशभरका स्थानीय तहहरुमा प्रदर्शन तथा विराेधसभाकाे अायाेजना गरेकाे छ । केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार मकवानपुरकाे मनहरी गाउँपालिकामा पनि सरकारकाे कदमविरुद्ध प्रदर्शन भएकाे छ ।

मनहरी गाउँपालिका-९ स्थित सामुदायिक वन समितिकाे भवनबाट निकालिएकाे र्याली गाउँपालिका केन्द्र रजैया चाेकमा अाएर सभामा परिणत भएकाे थियाे । नेपाली कांग्रेस मनहरी गाउँपालिका सभापति नारायण उप्रेतीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्यालकाे प्रमुख अातिथ्यता रहेकाे थियाे ।

कार्यकममा नेपाली कांग्रेसका महासमिति सदस्य रन्जन कालाखेती, महाधिवेशन प्रतिनिधि जानकी लामा, जिल्ला सदस्य नवराज सुवेदी, कमला मैनाली, क्षेत्रीय सल्लाहकार शंकर न्याैपानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । गाउँपालिकाका उपसभापति मुक्तिनाथ अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा बाेल्दै प्रमख अतिथि अर्यालले संविधानलाई मिचेर संसद विघटन गरिनु खेदजनक भएकाे टिप्पणी गरे । संविधानकाे रक्षा र अाेलीकाे कदमकाे विरुद्धमा अाफूहरुले निरन्तर अान्दाेलन र विराेध गर्ने अर्यालले बताए । कार्यक्रमकैबीच ३५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here