हेटौंडा–असंवैधानिक तरिकाले संसद विघटन गरिएको भन्दै निरन्तर आन्दोलनमा रहेको नेपाली कांग्रेसले शनिबार देशभरका स्थानीय तहहरुमा प्रदर्शन तथा विरोधसभाको आयोजना गरेको छ । केन्द्रीय कार्यक्रमअन्तर्गत शनिबार मकवानपुरको कैलाश गाउँपालिकामा सरकारको कदमविरुद्ध नेपाली कांग्रेसले प्रदर्शन गरेको छ ।

कैलाश गाउँपालिकाको कालिकाटारमा र्याली तथा सभा गरिएको हो । पार्टी गाउँपालिकाका सभापति सूर्यबहादुर तितुङको अध्यक्षतामा भएको विरोधसभामा नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार एवम् नेपाल विद्यार्थी संघका केन्द्रीय महामन्त्री प्रभातकुमार दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, पार्टीका क्षेत्रीय सभापति लोक मुक्तान, जिल्ला सदस्य दिपेन्द्र मल्ल, ज्ञानबहादुर डिमडुङ, रत्नबहादुर गोले, मिरा स्याङ्तान, क्षेत्रीय सदस्य मानबहादुर वाइबा, कृष्णहरि कालाखेती, नेपाल तरुण दल मकवानपुरका अध्यक्ष ईश्वर पाठक, नेपाल तरुण दल कैलाश गाउँपालिका अध्यक्ष विनोद लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस कैलाश गाउँपालिका उपसभापति एवम् कैलाश २ नम्बर वडाका निर्वाचित अध्यक्ष राजेन्द्र घिसिङले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमकैबीच विभिन्न पार्टी परित्याग गरी एक सय ५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी गाउँपालिका सचिव आशिष चेपाङले विरोधसभा कार्यक्रम सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here