हेटाैंडा- बस्तीपुर जेसिज हाँडीखोलाको सन् २०२१ को अध्यक्षमा राजेश भेटवाल निर्वाचित भएका छन् ।

शनिबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी प्रकाश थाेकरलाई हराउँदै भेटवाल अध्यक्षमा निर्वाचित भएका हुन् । कुल सय मतमध्ये भेटवालले ६२ मत प्राप्त गरेका थिए भने थोकरले ३७ मत प्राप्त गरेका थिए । एक मत बदर भएकाे थियाे ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा आकाश पाठक र तेजप्रसाद उप्रेती रमेश विजयी भए । कार्यकारिणी उपाध्यक्षका उम्मेदवार बिजय पौडेल ४३ मतसहित पराजित भए । विजयी पाठकले ८३ र उप्रेतीले ६२ मत पाए । त्यस्तै उपाध्यक्षहरुमा भने रामचन्द्र दाहाल, महेन्द्र राना मगर, श्रीकृष्ण ढकाल र ठहर नेपाल शंकर निर्विराेध निर्वाचित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here