हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिका–६ जोगितालका ४ महिने शिशु विगत दुई महिनादेखि अपहरणमा परेका छन् । जोगितालका सोमबहादुर तामाङ र सीतामाया तामाङको ४ महिने छोरा कृष्ण मंसिर ३ गते साँझदेखि हराएका हुन् । घरमा आइरहने आफन्तले नै अपहरण गरेर भारतको राजस्थान पु¥याएको हुनसक्ने आशंका गरिएको छ । सोही आशंका बमोजिम प्रहरीले अनुसन्धान गर्दा शिशुलाई राजस्थान पु¥याइएको पाइएको छ ।

बुबाआमा घर नजिकै शौचालय बनाउने काम गरिरहेको अवस्थामा चितवन घर भई भारत बस्दै आएका एक आफन्त महिलाले शिशुलाई खेलाइरहेका थिए । साँझ ६ बजेतिर सुताएर राखेको कोक्रो र घरमा हेर्दा शिशुलाई कतै नभेटिएपछि बुबाआमा अत्तालिएका थिए ।

‘छरछिमेकमा कसैले पो लगेका छन् कि भनेर खोज्यौं कतै भेटिएन । दिउँसो बच्चा खेलाइरहेका आफन्त बस्ने गरेको घरको कोठा खानतलासी गर्दा उनको सामानहरु नभेटिएपछि उनैले बच्चा लगेको हुनसक्ने भन्दै प्रहरीलाई खबर ग¥र्यौं तर, भेटिएन ।’ शिशुको बुबा सोमबहादुरले भने–‘हामीले प्रहरीमा उजुरी पनि दिएका छौं । सोही महिलाले भारतको राजस्थान पु¥याएको भन्ने जानकारी पाएका छौं । बाबुको अवस्था कस्तो छ, केही नराम्रो पो गरिसकी कि ? बाबु हराएको दिनदेखि राम्रोसँग खान सुन्तसमेत सकिएको छैन ।


गाउँपालिकाद्वारा उद्दार समिति
शिशुको उद्दारको लागि मनहरी गाउँपालिकाले ५ सदस्यीय उद्दार समिति गठन गरेको छ । गाउँपालिकामा बसेको बैठकले अपहरणमा परेका शिशुको उद्दार गर्न सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिने गरी समिति बनाएको हो ।

शिशुको सम्पूर्ण कागजात बोकेर ५ सदस्यीय टोली राजस्थान जाने तयारी गरेको छ ।
आजको प्रदेश दैनिकमा यो समाचार छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here