हेटौंडा– हेटौंडेली गायक केशव अधिकारी ‘अविरल’ को नयाँ गीत सार्वजनिक भएको छ । हेटौंडा–१९, वस्तीपुरका अधिकारीको ‘मायाको चिनो कुसुमे रुमाल उडायो हावाले’ बोलको गीत सामाजिक सञ्जाल युट्युवमार्फत् सार्वजनिक भएको हो ।

हाम्रो श्री कान्ति भैरव मिडियाबाट सार्वजनिक भएको उक्त गीतले राम्रो भ्युज बटुल्न सफल भएको छ । यसअघि अधिकारीले भोजपुरी गीत र जुनकिरी एल्वम निकालिसकेका छन् । उनले भारतमा हुँदा उक्त एल्वम निकालेका थिए ।

‘लोक पप गीत भएकाले राम्रो भ्युज बढिरहेको छ ।’, उनले अर्को गीतको तयारी समेत भइरहेको बताए । गीतको भिडियोमा अंगिता ढकाल, शिभन श्रेष्ठ तथा बालकलाकार अपेक्षा अधिकारी र अभिषेक तिमल्सिनालगायतले अभिनय गरेका छन् । गीतको निर्देशक रामभक्त श्रेष्ठले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here