हेटौंडा/मकवानपुरे कवि सुवास खनालको कविता कृति ‘सपनाको अवयवव’माथि शनिबार हेटौंडामा अन्तरक्रिया भएको छ । साहित्य सङ्गम मकवानपुरको आयोजनामा कवि खनालको दोस्रो कृतिमाथि समीक्षा भएको हो ।

कृतिबारे बोल्दै समीक्षक घनश्याम घिमिरेले खनालको लेखन समयसचेत र प्रभावपूर्ण रहेको धारणा राखे । उनी झिना विषयको उठान गरेपनि गम्भीर भाव पैदा गर्ने शैलीको लेखक रहेको घिमिरेकोा भनाइ थियो । कार्यक्रममा बोल्दै प्रगतिशील लेखक संघ मकवानपुरकी अध्यक्ष शान्ति प्रियवन्दनाले कविको लेखनको भाषा सरल र गम्भीर रहेको बताइन् ।

साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार तुल्सी थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा एस के निधन र दीपक गौतमले पनि कृतिबारे धारणा राखेका थिए । सङ्गम सचिव डी.बी. बर्तौलाले सहजीकरण गरेको कार्यक्रममा कृतिकार खनाललेले लेखन यात्रामा दोस्रो कृतिसम्म आइपुग्दा कविता लेखन गम्भीर र चुनौतीपूर्ण रहेको महसुस भएको धारणा राखे ।

सविता तिमल्सिनाले सञचालन गरेको कार्यक्रममा सङ्गममा कोषाध्यक्ष सानूबाबू खनालले स्वागत मन्तव्य राखेका थिए । खनालको यसअघि २०७१ सालमा ’विचारको उल्टो नदी’ कविता कृति प्रकाशित भएको थियो । उनको दोस्रो कृति ‘सपनाका अवयव’ शाब्दिक बुक्सले बजारमा ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here