हेटौंडा–मकवानपुरको झरना साहित्यिक परिवारले हेमराज स्मृति पुरस्कार २०७७ प्राप्त गर्ने भएको छ ।

साहित्यकारर समाजसेवी हेमराज पहारीका योगदानलाई जनसमक्ष लैजान र नेपाली साहित्यको विकासमा टेवा पुर्याउन गठन भएको हेमराज पहारी स्मृति प्रतिष्ठानले यो वर्षको पुरस्कार झरनालाई दिने निर्णय गरेको हो ।

प्राज्ञ हरिदेवी कोइराला संयोजक र साहित्यकारहरु लक्ष्मी निरौला र रमा परासर सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिस बमोजिम झरना साहित्यिक परिवारलाई पुरस्कार प्रदान गर्न लागिएको हो । पुरस्कारस्वरुप नगद एक लाख र ताम्रपत्र प्रदान गरिने जनाइएको छ । २०५० सालमा स्थापना भएको झरनाले हरेक महिनाको चौथो शनिबार नियमित शृंखलासहित विभिन्न साहित्यिक गतिविधि गर्दै आएको छ ।

साहित्यकार हेमराजको ११ औं स्मृति दिवसमा फागुन १७ गते हेटौंडामा स्मृतिसभा र पुरस्कार समर्पण समारोह आयोजना गरिने प्रतिष्ठानका अध्यक्ष रीता न्यौपानलेले जानकारी दिइन् । प्रत्येक दुई वर्षमा प्रदान गरिने यो पुरस्कार यसअघि वरिष्ठ संस्कृतिकर्मी सत्यमोहन जोशी, दाङको राप्ती साहित्य परिषद, धरानको विमल गुरुङ स्मृति पुस्तकालय र लोककवि अली मियाँलाई प्रदान गरिसकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here