हेटौंडा–नेपाल भेटेरिनरी एसोसिएसन बागमती प्रदेशको अध्यक्षमा डाक्टर सुलभ श्रेष्ठ चयन भएका छन् । शुक्रबार हेटौंडामा भएको दोस्रो साधारण सभा तथा अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा डा. सम्राट श्रेष्ठ, सचिवमा डा. सन्तोष घिमिरे, सह–सचिवमा डा. जितेन्द्र लामा, कोषाध्यक्षमा डा. निमेश खनाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा डा. बब्लु ठाकुर, डा. ध्रुब डीसी., डा. सुमित शर्मा, डा. धनबहादुर थापा, डा. सरोज खतिवडा र डा. कला पन्त रहेका छन् ।

अध्यक्षमा चयन भएपछि बोल्दै डा. श्रेष्ठले आफ्नो कार्यकालमा भेटेरिनरीयनका लागि निरन्तर शिक्षा कार्यक्रमहरु, किसानहरुका लागि विभिन्न सीपमुलक तालिमहरु सञ्चालन गरिने प्रतिवद्धता जनाए । त्यस्तै पशु स्वास्थ्य र जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु साथै समय अनुरुप विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने उनले बताए ।

एशोसिएसनका अध्यक्ष डा. सुवास श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बागमती प्रदेशकी सचिव डा. मतिना जोशी बैद्यको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा डा. श्रेष्ठले आफ्नो कार्यकालमा गरेका कामहरुको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा सचिव डा. जनक मजकोटीले प्रगति प्रतिवेदन पेश गरेका थिए भने डा. सुलभ श्रेष्ठले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here