हेटौंडा–हेटौंडा–१४ मा रहेको जनज्योति माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रामचन्द्र ढुंगाना चयन भएका छन् । आइतबार भएको ३४ औं अभिभावक भेलाबाट ढुंगानालाई निर्विरोध अध्यक्षमा चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिको सदस्यहरुमा सोबी लामा, सञ्चमाया घलान, राजु चौलागाई केदार थिङ र पविता भण्डारी चयन भएका छन् । शिक्षक प्रतिनिधि भने छनौट हुन बाँकी रहेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर लामाको अध्यक्षतामा भएको भेलामा हेटौंडा–१४ नम्बर वडाध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका शिक्षा महाशाखाका अधिकृतहरु सरस्वती कोइराला, रामचन्द्र खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष ताराबहादुर भोम्जन, शिक्षक प्रतिनिधि बासुदेव शर्मालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष खड्काले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै लैजानुपर्नेमा जोड दिए । वडा कार्यालयबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न आफू सदैव तयार रहेको अध्यक्ष खड्काले बताए । व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष ढुंगानाले विद्यालयको शैक्षिक अवस्थालाई सुधार गर्दै लैजान आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here