हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट पुनर्बहाली भएकी छन् । आइतबार गाउँपालिकामा बाजागाँजा र समर्थकको फूलमालाको साथ गाउँपालिकामा पुगी विष्टले पद पुनर्बहाली लिएकी हुन् ।

पुनर्बहालीपछि हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै विष्टले सबैको साथ, सहयोग र मायाले आफूले न्याय पाएको बताइन् । सबै सहयोगी र समर्थकलाई उनले धन्यवाद व्यक्त गरिन् । आफुलाई उपाध्यक्ष पदबाट हटाउन अनेक किसिमको षडयन्त्र र प्रयास गरिए पनि त्यो सफल हुन नसकेको उनले बताइन् । उनले आगामी दिनमा जनताकाबीचमा गएर जनहितका कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाइन् ।

विष्टले पदबाट राजीनामा दिएको भनी गाउँपालिकामा राजीनामा दर्ता भएपछि विष्ट पदबाट मुक्त भएकी थिइन् । तर, आफूले राजीनामा नदिएको दावी सहि आफूलाई फसाउन खोजिएको भन्दै विष्टले उच्च अदालत पाटन हेटौंडा इजलाशमा न्याय माग्न पुगेकी थिइन् ।

उच्च अदालत पाटन हेटौँडा इजलासले उपाध्यक्ष विष्टलाई पुनः आफ्नो पदीय जिम्मेवारीमा फर्कन फागुन ५ गते परमादेश जारी गरेको थियो । न्यायाधीशहरु मोहम्मद साबीर हुसेन र चन्डिराज ढकालको संयुक्त इजलासले उत्प्रेषण आदेशमार्फत् सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुन कामकाजमा फर्कन पाउने गरी परमादेश जारी गरेपछि उनको पुनर्बहाली भएको हो । विष्टले आफुले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशमा रिट दायर गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here