हेटौंडा– ‘ए’ डिभिजनका चर्चित आधा दर्जन क्लवसहितको सहभागितामा हेटौंडामा आगामी फागुन २७ गतेदेखि स्थानीय तह सहिद स्मृति फुटबल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । ए डिभिजन क्लवका ६ वटा र स्थानीय चार वटा टिमसहित १० टिमको सहभागितामा हेटौंडा–१० स्थित वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।

आयोजक मकवानपुर फुटबल संघले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै खेल प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिता चैत ७ गतेसम्म जारी रहनेछ । प्रतियोगितामा प्रथम र दोस्रो हुने टिमले क्रमशः नगद १० लाख र ५ लाख रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै, सर्वोत्कृष्ट खेलाडिले नगद ५० हजार रुपैयाँ, विद्यागत उत्कष्ट खेलाडीले जनही २५ हजार रुपैयाँ र म्यान अफ दि म्याच हुने खेलाडीले नगद १० हजार रुपैयाँ प्राप्त गर्ने फुटबल संघका अध्यक्ष टीकाराम लामाले जानकारी दिए ।

कुल ९४ लाख ४० हजार ५ सय रुपैयाँ खर्च अनुमान गरिएको प्रतियोगिताको लागि मकवानपुरका १० वटै स्थानीय तहहरुले गरी ६५ लाख रुपैयाँ सहयोग गर्नेछन् भने बागमती प्रदेश खेलकुद परिषद्ले ५ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रतियोगितामा प्रायोजकहरुबाट ६ लाख रुपैयाँ, टिकट विक्रीबाट १४ लाख ५० हजार रुपैयाँ तथा अन्य सहयोगबाट ३ लाख ९० हजार रुपैयाँ संकलन हुने अनुमान गरिएको कार्यक्रम संयोजक प्रताप विष्टले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here