हेटौंडा–माघ २३ गते दरबारमार्गमा आयोजित प्रधानमन्त्रीको सभालाई सफल बनाउन अघिल्लो दिन ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बालुवाटार निकट पत्रकारहरुको भेला बोलाइयो ।

ओली समूहका नेताहरु आनन्द पोखरेल र काशिनाथ अधिकारीको संयोजनमा भएको कार्यक्रममा झुण्ड्याएको फ्लेक्स ब्यानरमा भने नेकपा एमाले नै लेखिएको थियो । पूर्व प्रेस चौतारीका पत्रकारहरु उपस्थित भेलामा राजेन्द्र अर्याल, बालकृष्ण बस्नेत, सूर्य थापा, गणेश बस्नेत, चेतन अधिकारीलगायत सहभागी थिए ।

प्रधानमन्त्री ओलीका पूर्व प्रेस सल्लाहकार कुन्दन अर्याल कतै पनि देखिएका छैनन् । थापा अघि प्रधानमन्त्रीको सल्लाहकार रहेका पीएचडी होल्डर अर्याललाई हठात् हटाइएको थियो । सल्लाहकार हुँदा उनलाई ऊर्जा मन्त्रालयको तलको कोठामा कार्यकक्ष दिएर ह्युमिलेशन फिल गराइएको थियो ।

अर्का वरिष्ठ तीर्थ कोइराला पनि नखुलेको बताइन्छ । बरु उनले सामाजिक सञ्जालमा सटिक व्यङ्ग्य गरेर आफूलाई सक्रिय राखेका छन् । पत्रकार महासंघमा एमाले पृष्ठभूमिका दुई पूर्व अध्यक्ष शिव गाउँले र महेन्द्र बिष्टको प्रतिनिधिसभा विघटनका हिसाबले दुईतिर कित्ताकाट भएको देखिन्छ । केही दिन पहिले आयोजित प्रेस संगठनको भेलामा सबै सरकारी सञ्चार माध्यमका हाकिम र रिपोर्टरलाई उपस्थितिको उर्दी थियो ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी दुवैतिरको भेलामा नजाने अडान लिएर बसेका थिए । तर, सरकारी भेलामा गएर भावुक हुँदै मुटुमा गाँठो पर्ने भाषण गरिदिए । केही समय अघिसम्म प्रधानमन्त्री ओलीको एकमात्र पत्रकार भनेर चिनिएका दृष्टिका शम्भु श्रेष्ठ भने यसबीच बालुवाटारविरुद्ध उग्र छन् ।
–जनआस्थाबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here