मकवानपुरे गायक लामाको म्युजिक भिडियो ‘तिमीसंग माया’

हेटौंडा– मकवानपुरे गायक धिरेन लामाको ‘तिमीसंग माया’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार बागमती प्रदेश स्वास्थ्यमन्त्री निमा लामाले एक कार्यक्रमकाबीच म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गीतको शब्द लामा आफैँले रचना गरेका हुन् भने उनैले संगित र स्वर भरेका हुन् । म्यूजिक भिडियोमा भने कलाकार पुष्प खड्का र स्मारिका ढकालले अभिनय गरेका छन् । म्यूजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । झण्डै एक दशकदेखि गीत संगितको क्षेत्रमा सक्रिय रहेका लामाले यसअघि पनि दर्जनौँ गीतहरुमा स्वर भरेका छन् । प्रेम कहानी, लेकाली कान्छी, विरानो संसारमालगायत गीतमा उनको स्वर रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...