लुतो फाल्ने संस्कृति र गलत बुझाई

आज साउन महिनाको पहिलो दिन,साउने सङ्क्रान्ती। साउने सङ्क्रान्तीअन्य सामान्य सङ्क्रान्तीभन्दा छुट्टै विशेषता बोकेको सङ्क्रान्ती हो । आजकै दिन लाई ”लुतो फाल्ने दिन” पनि भनिन्छ ।आजको दिन बिशेष गरि बिबाह भैसकेका छोरीहरुलाई माईतमा बोलाई विभिन्न परिकार एबम मिष्ठान्न भोजन गरेर र लुतो फालेर मनाईन्छ ।

असार महिनाभरी खेतबारीमा रुज्दै,माटो सङ्ग माया साट्दै मिहिनेत भित्राई पुनस् सिर्जनाका बिज रोपिसकेपश्चात आजको दिनलाई परिवार तथा आफन्तजनहरु सङ्ग बाली अनुभव तथा समस्याहरुबारे छलफल गर्ने चाडको रुपमा समेत लिईन्छ । असारभरी महिना खेतवारीमा मिहेनेत गर्दै गर्दा हिलो,धुलो,फोहोर पानी र पसिनाबाट छालामा संक्रमण हुनगई लुतो,दाद,खटिरा,घमौराजस्ता विभिन्न चर्म रोगहरुको चपेटामा पर्नु कुनै नौलो कुरा हैन । कुनै पनि संक्रामक रोगहरु फालेर फालिने प्रकृतिको हुँदैन वा कुनै पनि रोग फालेर फालिँदैन ।

यसरी हेर्दा लुतो फाल्ने दिन बिरालो बाँधेर श्राद्द गर्ने सँस्कार जसरि निरन्तर चलाईराखिएको छ । जसानुसार आजको दिन बेलुकी आगो बालेर तितेपाती,पानीसरो,देबीसरो,कुकुरडाईनो जस्ता बिरुवाहरुलाई भलायोको पातले बेरि सिरुले बानी राँको तयार गरिन्छ र “बाह्र बर्षको लुतो लैजा है ” भन्दै थाल नाङ्लो ठटाई भलायोको राँको खेतबारीमा फालिन्छ । भोलि पल्ट राँके बार्ने भनी खेतबारीमा पाईला टेकिदैन ।यदि खेतबारीमा गए बाली डढ्ने रोग ९राके०लाग्ने बिस्वास लिईदै आएको पाईन्छ । अबको पुस्ताले रुढीबादी परम्पराहरुलाई त्यागी ब्यबहारिक र बिज्ञान सम्मत सस्कारहरुमात्र अङ्गाल्नु पर्दछ ,सोहिअनुरुप लुतो फाल्ने दिनलाई ब्यबहारिक र बैज्ञानिक रुपमा बुझ्नु आबश्यक छ ।

कसरी बुझ्ने ?

१. तितेपातीले लुतोको औषधिको रुपमा काम गर्छ ।

२. थाल नाङ्लो ठटाउनुलाई प्राचीन समयको बाद्द्यबादनको रुपमा ।

२. खेतबारीमा काम गर्दाका फोहोर र भएका संक्रमणहरुबाट छुटकारा पाउन शरीर सरसफाई गर्ने दिनको रुपमा ।

३. असार महिनाभरी कामको चटारो हुने भएकाले परिवारिक र आफन्तजनहरुसङ्ग स्नेहमिलन गर्ने दिनको रुपमा ।

४. साउन २ गते बारिमा टेक्दा राके लाग्ने नभई आराम गर्ने दिनको रुपमा ।

५. बर्षभरिका आर्थिक अनियमितता टुङ्गेको दिन तथा बेरुजु फर्छ्यौट भई नयाँ आर्थिक बर्ष सुरु हुने दिनको रुपमा ।

६. देशको नयाँ बजेट कार्यान्वयन हुने पहिलो दिनको रुपमा ।

यसरी साउने सङ्क्रान्तीलाई लुतो रोग फाल्ने दिनको रुपमा नभई शरीर र समाज सरसफाई गरि दुस्ख फाल्ने ,देशको आर्थिक उन्नयनमा आएको एक नयाँ दिनको रुपमा मान्नु आबश्यक छ । के हो लुतो लुतो Sarcoptes Scabieif नामक सूक्ष्म जीवाणुको कारण लाग्ने छाला रोग हो । यो जीवाणुले छालाभन्दा तल्लो तहमा आफ्ना आफ्नो बासस्थान तय गर्दछ । र छाला अत्याधिक चिलाउने र पाक्ने हुन्छ ।यो रोग सन्क्रमित ब्यक्तिसङ्गको प्रत्यक्ष छालाको सम्पर्कबाट ,ओछ्यान र लुगा साटासाटबाट छिट्टै अर्को ब्यक्तिमा सर्दछ । त्यसैले रोग लागेको थाहा हुनासाथ चिकित्सकको सल्लाहानुरुप चल्नुपर्छ ।

लेखक हेटौंडा–१४ मा रहेको जनज्योति मावि विज्ञान शिक्षक तथा अतिरिक्त क्रियाकलाप संयोजक हुन् । – अर्काइभबाट

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...