हेटौंडा अस्पतालका डाक्टर/कर्मचारीले व्यवहार सुधार्ने कि !

बागमती प्रदेशको राजधानी हेटौंडाको मुटुमै रहेको मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालको भौतिक संरचना राम्रो बनाउनुका साथै जनशक्ति र सेवा सुविधासमेत थप गरिएको छ । पहिलेको तुलनामा अस्पतालको सेवा सुविधा विस्तार भएको पक्कै देखिन्छ । प्रदेश सरकार मातहत आइसकेपछि प्रदेश सरकारले लगानी बढाएसँगै अस्पतालको सेवाको विस्तार र जटिल रोगका उपचारसमेत गर्नसक्ने अवस्था रहेको छ । यति हुँदाहुँदै पनि अस्पताल प्रशासन वा कर्मचारीको फितलो र निरशिलो व्यवहारका कारण समग्र अस्पतालले बदनामी कमाइरहेको छ ।

अस्पतालका सरसफाई र काउन्टरका कर्मचारीदेखि चिकित्सकबाटसमेत बिरामी र आफन्तमाथि हुने तुच्छ व्यवहारबाट सेवाग्राहीमा अस्पतालप्रति नकारात्मकता उब्जिरहेको छ । पछिल्लो समय अस्पतालमा बिरामी सेवा लिन जाँदा डाक्टरले गर्ने व्यवहारले तर्साउने गरेको छ । बिरामीले समस्या बताउँदा डाक्टरले गाली गर्छन् उल्टै बिरामीलाई । बिरामीले आफ्नो समस्या बताउँदा डाक्टर रिसाउने, झर्किने र बिरामीलाई बेवास्ता गर्ने गर्छन् । केही समय अघि मात्र हेटौंडा अस्पतालमा ७१ वर्षकी एक आमा प्रेसर, दम, खोकी र पेट पोलेको समस्या लिएर हेटौंडा अस्पताल गइ ईमर्जेन्सीका एक डाक्टरलाई स्वास्थमा भएको समस्या बताउँदा डाक्टरले अत्यन्त निकृष्ट व्यवहार गरे ।

उनले भने ‘एउटा मात्र समस्या लिएर आउनुस्, तपाइको धेरै समस्या सुनेर उपचार गर्न गारो हुन्छ । एउटा कुनै भन्नुस् । फेरि तपाइलाइ हेर्दै मैले अर्को मर्न लागेको बिरामी हेर्न पाएको छैन ।’ बिरामीलाई बेडमा सुताइ डाक्टर नर्सलाई आएर हेर्दिनुस भन्दा पनि उसले उसलाइ उसले उसलाई गरी एकाअर्कालाई देखाइ बस्छन् । ओपिडिमा गएर बिरामीले आफ्नो समस्या बताउँदा ‘उमेर भइसकेको रहेछ’ भनेर निराश बनाउँछन वृद्ध वृद्धालाई । बिरामीलाई कसरी मनोवैज्ञानिक रुपमा बलियो बनाउने, हौसला दिनुपर्छ भन्ने ज्ञान त पक्कै हुनुपर्ने हो त्यतिको चिकित्सकसँग ।

ओपिडिमा टिकट काट्न जाँदाको त्यस्तै गुनासाहरु सुनिन्छन । बिहानदेखि लाइनमा बसी टोकन लिएर टिकट काट्न जान्दा बिमा कार्डसँगै टोकन पनि दियो काउन्टरकै कर्मचारीले आफ्नो हातबाट उक्त टोकन झारिदिन्छन्/हराइदिन्छन्, अनि टिकट काटिदिनुको साटो उल्टै झपार्न थाल्छन् । फेरि ४०० जनापछि पालो कुरेर टिकट लिनुपर्छ । हेटौंडा अस्पतालमा सेवा लिन पुगेका सेवाग्राहीहरुलाई अस्पतालमा भोगेका समस्याहरु बताउने ठाउँ छैन । प्रशासनमा कोहि पुगिहाले पनि गुनासो सुनिदिने कोहि भेटिदैनन । यदि भेटिहाल्यो भनेपनि सेवाग्राहीको गुनासोलाई गम्भीरतापूर्वक लिँदैनन् ।
फार्मेसीमा बसेका केही कर्मचारीहरु औषधि लिन जाँदा झर्किने कराउने समेत गर्छन् । फार्मेसीमा केही समय अघि वृद्ध वृदालाइ औष्धि लिन टोकन लिनु नपर्ने बनाइएको थियो । अहिले भने फेरि फार्मेसीमा कर्मचारीको अभाव देखाई टोकन लिएर लाइनमै बस्न पर्ने नियम बनाइएको छ । जसको कारण ७० कटेका वृद्ध वृद्धा पनि टोकनकै पालो कुरेर बसिरहनुपर्ने बाध्यता छ । अहिलेको हेटौंडा अस्पतालको अवस्था हेर्दा बरु क्लिनिक मै उपचार गराउदा ठिक होला भन्ने पनि सेवाग्राहीको भनाइ रहन्छ तर क्लिनिकमा पुग्दा खर्चले नभ्याउने कारणले अस्पताल नै जान बाध्य छन् ।

हेटौंडा अस्पतालमा बिरामीको चाप बढ्दो देखिन्छ । ओपिडिको टिकट काट्न बिहान ५ बजे देखि टोकनको लाइनमा बसिरहेका हुन्छन् सेवाग्राही । बिहान ५ बजे देखि लाइनमा बस्दा पनि चारै तिरको लाइनले एकदिनमा उपचार हँदैन । एकदिन डाक्टरलाई देखायो डाक्टरले दिएको चेकजाँचको लागि बिल तिर्न घन्टौं लाइन बस्नु पर्छ । फेरि आउँदैन रिपोर्ट त्यहिदिन । पुनः भोलिपल्ट फेरि लाइनमै बसेर रिपोर्ट लिएर डाक्टरलाई देखाउन फेरि लामो समय लाइनमै बस्नु पर्छ । एउटा बिरामी हेटौंडा अस्पतालमा उपचारका लागि जाँदा अस्पतालमा पाउने दुखले झनबढी गल्ने अवस्था देखिन्छ ।

हेटौंडा अस्पतालको ओपिडीको टिकट शुल्क ४० रुपैयाँ भएता पनि स्वास्थ्य बिमा भएकाहरुलाइ २०० टिकट शुल्क लिने गरेको छ । बिमा कार्ड बोकी अस्पताल आउने बिरामीलाई हेर्ने दृष्टिकोण नै अर्को छ । बिमाको रकमबाट पैसै नतिरी जचाउन पाइने भएपछि कुनै समस्या नै नभए पनि अस्पताल आउँछन् भन्ने आँखाले सबै बिरामीलाई हेर्ने गरिन्छ । यो गलत हो ।

स्वास्थ बिमा लागू भएदेखि हेटौंडा अस्पतालमा बिरामी धेरै बढेको भनी स्वास्थ्य बिमामा जाँच गर्न जाने बिरामीलाई अस्पताल जाँदा केही डाक्टरहरुले ‘बिमा भएकै कारण अस्पताल धेरै आउने नगर्नुस्’ भनी गाली गरेको पनि सुनिन्छ । मौसम परिवर्तनसँगै स्वास्थ्यमा देखिएको समस्याका कारण अहिले बिरामीको चाप बढ्दो छ । उपचारमा ढिलाइ भएपनि अस्पतालको डाक्टर र कर्मचारीको व्यवहार सुधार गर्न सके सेवाग्राहीले केही राम्रो भएको अनुभुति गर्न पाउने थिए कि ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा २ हजार बढ्यो

सुनको मूल्य तोलामा २ हजार बढ्यो

आज स्थानीय बजारमा सुनको मूल्य तोलामा २ हजारले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ३६ हजार पाँच सय निर्धा...