एसईई दिने विद्यार्थीलाई राक्सिराङले दियो खाद्यान्न

हेटौंडा–बिहीबारबाट सुरु हुने एसईई परीक्षामा सहभागी हुन डेरा गरी बस्ने विद्यार्थीलाई राक्सिराङ गाउँपालिकाले खाद्यान्न सहयोग गरेको छ । प्रति विद्यार्थी साढे १२ किलो चामल, एक लिटर तेल, दाल र नुन गरी गाउँपालिकाले बुधबार २ सय ३ जना विद्यार्थीलाई खाद्यान्न सामाग्री वितरण गरेको हो ।

राक्सिराङको धिराङ, गर्लिङ, सिलिङ्गे, खैराङलगायत विकट गाउँबाट एसईई दिनको लागि गाउँपालिका केन्द्र चैनपुर र ३ नम्बर वडास्थित सरिखेत झरेका विद्यार्थीले आर्थिक अभावका कारण खाद्यान्न सामाग्रीसमेत जुटाउन नसक्ने अवस्था रहेका कारण गाउँपालिकाले एसईई परीक्षा अवधिभरका लागि खाद्यान्न उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । ‘गाउँमा अहिले धेरै परिवारमा अनिकाल सुरु भइसकेको छ । यस्तो अवस्थामा आफ्ना छोराछोरीलाई कोठामा राखेर, खानेकुरा जुटाएर जाँच दिन पठाउनसक्ने अवस्थामा धेरै अभिभावकहरु छैनन्, खानेकुराकै समस्याका कारण एसईई परीक्षामा सहभागी नहोलान् भन्ने चिन्ताले हामीले खानेकुरा जुटाइदिएका हौँ ।’ गाउँपालिका अध्यक्ष मल्लले भने ।

गाउँपालिका केन्द्र चैनपुरमा बुधबार विद्यार्थीलाई उपस्थित गराई खाद्यान्न सामाग्री हस्तान्तरण गरिएको थियो । राक्सिराङ गाउँपालिकाका विद्यार्थीले चालु वर्षदेखि आफ्नै गाउँपालिका क्षेत्रबाट एसईई परीक्षा दिँदैछन् । यसवर्षदेखि राक्सिराङ ५ स्थित प्रजा जागृति मावि र राक्सिराङ–३ स्थित सूर्योदय माविलाई एसईई परीक्षा केन्द्र बनाइएको छ । यसअघिका वर्षहरुमा राक्सिराङका विद्यार्थीको परीक्षा केन्द्र मनहरी गाउँपालिकास्थित रोटरी मावि र महेन्द्र मावि रहेको थियो । 

राक्सिराङका ५ वटा माध्यमिक विद्यालयबाट यसवर्ष २ सय ८१ जना विद्यार्थीले एसईई परीक्षामा भाग लिँदैछन् । परीक्षा केन्द्र नजिक घर भएकाबाहेक अन्यत्रबाट आएका विद्यार्थीलाई खाद्यान्न सहयोग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए ।

 

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास

मनहरी- मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ । एकअर्थ फाउन्डेसन र विल्डिङ एजुकेशन नेपालको सहयोगमा निर्माण गर्न लागिएको ४ कोठे भवनको नेपाली ...