सहकारी दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम

हेटौंडा – ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था हेटौडा ११ को आयोजनामा ऋण सदुपयोगिता र भाखा नागेका ऋण असुली सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार संस्थाको सभाहलमा भएको अन्तरक्रिया कार्यक्रममा ऋणी सदस्यहरुको सहभागिता रहेको थियो ।

संस्थाकी अध्यक्ष आशा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत शर्मिला श्रेष्ठ र ऋण अधिकृत कान्छी श्रेष्ठले सहभागीहरुलाई ऋणको सदुपयोगिता र भाखा नागेका ऋण असुली बारे सहजीकरण गरेका थिए ।

सहकारी संस्थाका ३८ जना सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा ऋण उपसमिति संयोजक अञ्जु गुरागाई लगायत संस्थाको संचालक समितिका पदाधिकारी, लेखा समितिका पदाधिकारी र बिभिन्न उपसमितिका पदाधिकारीहरुको उपस्थिति रहेको संस्थाकी अध्यक्ष आशा अधिकारीले बताए ।

 “सहकारीमा सुशासन : प्रविधि र एकीकरण” भन्ने नाराका साथ यसबर्ष पनि चैत्र २० गते देशभर विविध कार्यक्रम गरी सहकारी दिवस मनाईने कार्यक्रम रहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

हेटौंडा - हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेक...