पर्वतको जलजला गाउँपालिका २ मल्लाजको दहमा एक दम्पतीको हत्या गरिएको छ ।
गएराति अज्ञात समूहले ६८ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती श्रीमती ६५ वर्षकी गमला जिसीको हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, जिसी दम्पतीको हत्या भएको अवस्थामा आज बिहान भेटिएका हुन् । घरमा उनीहरू २ जना मात्रै बस्दे आएका थिए ।
पर्वत प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाएको छ ।
केही प्रतिक्रिया छ कि ?