Search
Close this search box.

हत्यामा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

धनुषाको शहिदनगर नगरपालिका–७ नेमुवाटोल बस्ने ५० वर्षीया रेखा देवी ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले आइतबार दुई जनालाई पक्राउ गरेको छ ।

रेखाको हत्या गरेको अभियोगमा प्रहरीले उनकै श्रीमान् ५५ वर्षीय सुदिप ठाकुर र सुदिपकै दाई ६० वर्षीय उदित ठाकुरलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय यदुकुहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, गत कात्तिक १० गते सुदिपले रेखालाई रिस आवेगमा बन्चरो प्रहार गरी हत्या गरी आफ्नै घरमा खाल्डो खनी गाडेका थिए । उनले उदित समेतलाई बोलाई कात्तिक ३० गते राति शव निकालेर टुक्रा बनाई स्थानीय कट्टी नदी किनारको झाडीमा फालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan