उपनिर्वाचनका लागि करिब १७ सय कर्मचारी खटाइने

आसन्न उपनिर्वाचनका लागि करिब १ हजार सात सय कर्मचारी खटाइने भएको छ ।

निर्वाचन आयोगले यही वैशाख १५ गते इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उक्त संख्यामा कर्मचारी परिचालन गर्न लागेको जनाएको छ ।

आयोगले इलाममा एक हजार ४३ र बझाङमा ६५१ गरी कुल एक हजार ६९४ जनशक्ति परिचालन गरिने जानकारी गराएको हो ।

आयोगले त्यसको लागि निर्वाचन अधिकृतको कार्यालयहरूलाई निर्देशन दिइसकेको छ ।

आयोगका अनुसार, प्रत्येक मतदान केन्द्रमा सात जना कर्मचारी रहने गरी कर्मचारीको प्रबन्ध मिलाइनेछ ।

उपनिर्वाचनमा इलाम–२ मा १४९ मतदान केन्द्र तोकिएका छन् भने बझाङमा ९३ वटा मतदान केन्द्र तोकिएका छन् ।

प्रत्येक केन्द्रमा एक–एक जना मतदान अधिकृत र सहायक मतदान अधिकृत तथा पाँच जना सहयोगी कर्मचारी रहने जनाइएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

हेटौंडा - हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेक...