Search
Close this search box.

जनता लाभांवित हुने गरी काम गर्न स्वास्थ्य विज्ञहरुलाइ मन्त्री श्रेष्ठको आग्रह

हेटौंडा – बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले बागमती प्रदेशका जनता लाभांवित हुने गरि काम गर्न स्वास्थ्य विज्ञहरुलाई आग्रह गरेका छन् ।

आईतबार बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा आर्थिक बर्ष २०७९र०८० मा सम्पादित प्रजनन् स्वास्थ्य रुग्णता कार्यक्रमको प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा स्वास्थ्य मन्त्री श्रेष्ठले यस्तो अनुरोध गरेका हुन् ।

पछिल्लो अवस्थाको पहिचान गरेर स्वास्थ्य अवस्था कस्तो थियो र कस्तो बनाउनु पर्छ भन्ने आधारमा कार्ययोजना बनाएर अगाडी बढ्न स्वास्थ्य चिकित्सकहरुलाई सुझाव दिए। सबै विज्ञहरु उत्प्रेरितका साथ विरामीको काममा खटिने छन् भन्ने आशा राखेको मन्त्री श्रेष्ठले बताए । पछिल्लो समयमा आत्महत्याले घरपरिवार देखि समाजसम्म असर परेको हुनाले यस समस्यालाई न्युन गर्नका लागी उपयुक्त जनशक्ति उत्पादन गर्न आवश्यक भएको मन्त्री श्रेष्ठको भनाई छ ।

हरेक जिल्लामा भएका अस्पतालमा मानसिक स्वास्थ्य उपचारका लागी आएका विरामीहरुलाई उचित शिक्षा प्रदान गर्नुको साथै मानसिक स्वास्थ्य सन्तुलन राख्न सहयोग पुर्‍र्याउन चिकित्सकहरुलाई अनुरोध गरे ।

उक्त कार्यको सुरुवात सर्वप्रथम मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाबाट थालनी गरिने र आवश्यकता अनुसार अन्य अस्पतालमा पनि क्रमश विस्तार गर्दै लैजाने स्वास्थ्य मन्त्रालयले लक्ष्य लिएको मन्त्री श्रेष्ठले जानकारी दिए ।

जुन उदेश्य प्राप्तिका लागी मन्त्रालयले योजना बनाएको छ उक्त योजना सफल बनाउन स्वास्थ्य विज्ञहरुलाई सक्रियताका साथ सहभागिता जनाउन आग्रह गरे ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan