Search
Close this search box.

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

सरकारले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले बताइन् ।

प्रवक्ता शर्माका अनुसार, राष्ट्रपतिबाट सिफारिस भएपछि उक्त अध्यादेश जारी हुनेछ ।

यही वैशाख १६ र १७ गते हुन लागेको तेस्रो लगानी सम्मेलनलाई लक्ष्य गरेर सरकारले अध्यादेश सिफारिस गरेको प्रवक्ता शर्माले बताइन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan