Search
Close this search box.

प्रधानमन्त्री प्रचण्ड शनिबार भारत जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) यही शनिबार भारत जाँदै छन् ।

भारतीय जनता पार्टी (भाजपा) का नेता नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ जान लागेका हुन् ।

उनी भारतको नयाँ दिल्ली जान लागेका हुन् । उनलाई शपथ ग्रहणमा सहभागी हुन आधिकारिक निम्ता आएसँगै दिल्ली जाने कार्यक्रम तय भएको जनाइएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा हाँसिल गरेको सफलतामा बधाई दिन बुधबार गरेको फोन संवादमा पनि मोदीले शपथ ग्रहण कार्यक्रममा आउनका लागि निमन्त्रणा दिएका थिए ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan