भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा किशोरीको उद्दार

भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा प्रहरीले एक किशोरीलाई ललितपुरबाट उद्दार गरेको छ । प्रहरीले १४ वर्षीया किशोरीलाई उद्दार गरेको जनाएको छ ।

ती किशोरीलाई बेचबिखनमा लैजान खोज्ने दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ घर भएका ३९ वर्षीय सम्बरबहादुर तामाङ र नुवाकोट तादी गाउँपालिका–२ घर भएकी ३३ वर्षीय इन्दिरा कटुवा तामाङ छन् ।

यसअघि पनि बेचबिखन मुद्दामा जेल परेका सम्बरबहादुर २०८० वैशाखमा मात्र थुनामुक्त भएका थिए । उनी १० वर्ष जेल बसेर छुटेका हुन् ।

जेलबाट छुट्नासाथ उनले पुरानै अपराध कर्म सुरु गरेको भेटिएको ब्युरो प्रहरीले जनाएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

युनिलिभर विरुद्ध स्थानीयको आन्दोलन

हेटौंडा - हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा रहेको बहुराष्ट्रिय कम्पनी युनिलिभलर नेपाल लिमिटेडले कर्मचारी तथा कामदार भर्ना गर्दा बिना बिज्ञापन भर्ना गरेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रेक...