Search
Close this search box.

हेटाैंडा अस्पताललाई प्रतिष्ठानबाट अलग राख्न कांग्रेस अदालतसम्म जाने

हेटाैंडा- हेटाैंडा अस्पतालकाे चल अचल सम्पति मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतमा जाने गरी कानुन बनाएकाे र यसले हेटाैंडा अस्पतालकाे अस्तित्व मेटाउन लागिएकाे भन्दै नेपाली कांग्रेस मकवानपुरले त्यसकाे सशक्त प्रतिकार गर्ने जनाएकाे छ । सरकारी अस्पतालकाे चल अचल सम्पति व्यक्ति सरह मानिने प्रतिष्ठानलाई किनबेचकाे हकसमेत दिएर हस्तान्तरण गरिनु गैह्रकानुनी भएकाेसमेत कांग्रेसकाे ठहर छ ।

राजनीतिक तहबाट ऐन संशाेधन गरी अस्पतालकाे सम्पति यथावत नराखेमा अदालतसम्म जान आफूहरु बाध्य हुने कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताए । शुक्रबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले हेटौंडा अस्पताललाई प्रादेशिकस्तरको पूर्ण सरकारी अस्पतालको रुपमा विकास गर्न सर्वपक्षीय दबाब दिइने बताएकाे हाे ।
प्रदेश सरकारले अलग्गै प्रादेशिक अस्पताल स्थापना गर्ने भन्ने अत्यन्तै गैरजिम्मेवारपूर्ण तथा प्रचलित कानुनविपरित निर्णय गरेकाले कांग्रेस मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको  सभापति लामाले बताए । तत्काल कानुनविपरित भएको निर्णय खारेज गर्न उनले आग्रह गरे ।

‘तत्काल निर्णय नसच्याए अस्पतालको अस्तित्व र सम्पत्तिको संरक्षणका लागि सवै राजनीतिक दल तथा नागरिक समाजसहितको सहकार्यमा अस्पतालको विकासको लागि हामी संघर्षका कार्यक्रमहरु घोषणा गर्न बाध्य हुनेछौं ।’, उनले भने ।

प्रदेश सरकारको शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्का वैठकले हेटौंडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्ने निर्णय गरेको थियो । सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको अस्पतालको रुपमा अगाडि बढाउन विभिन्न ऐन र नियमावली जारी गरी कार्यान्वयनमा  गइरहेकाे छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan