एमाले सचिवालय बैठक स्थगित

नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यको कारण मङ्गलबारलाई बोलाइएको बैठक बुधबारका लागि सारिएको हो ।

एमाले केन्द्रीय कार्यालय स्रोतका अनुसार अध्यक्ष ओलीको दाँत निकालेको कारण बोल्न अप्ठ्यारो भएर बैठक स्थगित गर्नुपरेको हो ।

‘अध्यक्षको हिजो दाँत निकालेकाले उनलाई बोल्न समस्या भएकोले बैठक बुधबार ११ बजे बस्ने गरी सारिएको जानकारी आएको छ,’ एमाले पार्टी कार्यालय स्रोतले भन्यो ।

एमाले बैठकमा कांग्रेससँग बन्न लागेको नयाँ सत्ता समीकरणको विषय, पार्टीको आन्तरिक कार्यविभाजनसहितका विषयमा छलफल गर्ने तयारी थियो ।

असार १७ गते कांग्रेससँग भएको समझदारी अनुसार एमाले अध्यक्ष केपी ओली दुई वर्ष प्रधानमन्त्री बन्नेछन् । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने समझदारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले असार २८ गते विश्वासको मत लिए लगत्तैदेखि नयाँ सरकार गठनको प्रक्रियालाई अगाडि बढाउने तयारीमा कांग्रेस र एमाले छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

समाज रुपान्तरणमा सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण : कुमारी मोक्तान

मकवानपुर - नेकपा माओवादी केन्द्रकी केन्द्रिय सदस्य एवम् बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्री कुमारी मोक्तानले समाज रुपान्तरणका लागि सूचना प्रविधिको भूमिका महत्त्वपूर्ण हुने बताइन् । शनिवार हे...