ढिस्कोमा पुरिएर दुई मजदुरको मृत्यु

मुस्ताङको घरपझोङ-५ ढुम्बामा ढिस्कोमा पुरिएर दुई जना मजदुरको मृत्यु भएको छ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब १ बजे ढुम्बा स्थित कुछप तेरङगा गुम्बाको नाली खन्ने क्रममा अचानक माटोको ढिस्को खसेर पुरिएपछि दुई मजदुरको मृत्यु भएको होे ।

सर्लाही लालबन्दी नगरपालिका-१५ का २३ वर्षीय होमबहादुर बुढाथोकी र दाङ गढवा गाउँपालिका-१ का २३ वर्षीय रवि दर्लामी मगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

पुरिएको शव बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

पालुङ जेसिजले मनायो नेपाल जेसीजको स्थापना दिवस

पालुङ जेसिजले मनायो नेपाल जेसीजको स्थापना दिवस

मकवानपुर - नेपाल जेसीजको ६० औं स्थापना दिबसको अवसरमा थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले विविध कार्यक्रम सञ्चालन गरेको छ । असोज १ गते शनिवार पालुङ जेसीजले जेसिआई मिसनका बिषयमा अन्तरक्रिया कार्यक्रम...