Search
Close this search box.

अवैध लागूऔषधसहित चार जना पक्राउ

प्रहरीले देशको छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले डोल्पा र मोरङ जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले डोल्पाको ठुलीभेरी नगरपालिका–३ दुनैबाट अवैध लागूऔषध चरेश १० ग्राम ७४ मिलिग्रामसहित ३ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा त्रिपुरासुन्दरी नगरपालिका–८ बस्ने ३६ वर्षीया सितली बिक, रूकुम पश्चिम आठबीसकोट नगरपालिका–११ बस्ने २३ वर्षीय नविनजंग शाह र २१ वर्षीय करण पुन मगर रहेका छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले शुक्रबार नै मोरङको सुनवर्सी नगरपालिका–६ बालुबारी बस्ने ३० वर्षीया मधुदेवी मेहतालाई अवैध लागूऔषध गाँजासहित पक्राउ गरेको छ । प्रहरीले करिब ३ किलो ७ सय ९० ग्राम गाँजासहित उनलाई पक्राउ गरेको हो ।

उनलाई प्रहरी चौकी डाइनिया र इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

ती दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

केही प्रतिक्रिया छ कि ?
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan