मनसुन बुधबारसम्म सक्रिय रहने

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा देशका केही स्थानहरुमा भारी वर्षा हुने जनाएको छ ।

महाशाखाले आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

आज प्रायः सबै प्रदेशका थोरै ठाउँमा भारी वर्षा हुने र धेरै ठाउँमा मेघगर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

केही दिन अत्यधिक वर्षा निरन्तर हुने र बाढी–पहिरोको जोखम हुने भएको भन्दै महाशाखाले सतर्क अपनाउन सबैलाई अनुरोध गरेको हो ।

महाशाखाले जारी गरेको विषेश बुलेटिनमा मनसुन न्यून चापीय रेखा नेपालको नजिक आएकोले बुधबारसम्म मनसुन सक्रिय रहने उल्लेख छ । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार रहन भनिएको छ ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

सम्बन्धित समाचार

पालुङ जेसिजले मनायो नेपाल जेसीजको स्थापना दिवस

पालुङ जेसिजले मनायो नेपाल जेसीजको स्थापना दिवस

मकवानपुर - नेपाल जेसीजको ६० औं स्थापना दिबसको अवसरमा थाहा नगरमा क्रियाशिल पालुङ जेसीजले विविध कार्यक्रम सञ्चालन गरेको छ । असोज १ गते शनिवार पालुङ जेसीजले जेसिआई मिसनका बिषयमा अन्तरक्रिया कार्यक्रम...