बैंकिङ कसुर मुद्दामा फरार एक जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ ।
प्रहरीले पाँचथर घर भएर भक्तपुरको सूर्यबिनायक नगरपालिका–४ बालकोट बस्ने ३० वर्षीय राजेन चाम्लिङ राईलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, पक्राउ परेका उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
आरोपी राईलाई कानुनी कारवाहीका लागि प्रहरी वृत्त बानेश्वरमा पठाएको जनाइएको छ ।
केही प्रतिक्रिया छ कि ?