Search
Close this search box.

स्कुल बसले ठक्कर दिँदा मनहरीमा २ वर्षीया बालिकाकाे मृत्यु

हेटाैंडा- मकवानपुरकाे मनहरी ६ स्थित भित्री सडकमा स्कुल बसले ठक्कर दिँदा २ वर्षीया बालिकाकाे निधन भएकाे छ । आज दिउँसाे ३:४० बजेकाे समयमा मनहरी बिलिभर्स इङलिस बोर्डिङ स्कुलको ना १ क ९२५० नं. को बसले ठक्कर दिँदा साेही ठाउँकी २ वर्षीया बालिका पूजा थिङकाे मृत्यु भएकाे हाे ।

दूर्घटनामा घाइते खडक बहादुर थिङकी छाेरी  पूजाकाे उपचारकाे क्रममा निधन भएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।  बस चालक मनहरी गा.पा.७ बिजौना बस्ने  चन्द्र बहादुर तामाङ प्रहरीकाे नियन्त्रणमा रहेका छन् ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan