Search
Close this search box.

लागुऔषध गाँजासहित हेटौंडाबाट २ जना पक्राउ

हेटौंडा । मकवानपुर प्रहरीले १५ किलो ६सय८० ग्राम लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।
हेटौंडा -१९ नेवारपानीस्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा उक्त लागुऔषध गाँजा सहित २ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
पक्राउ पर्नेमा मनहरी – ३ हाडीखोला बस्ने बर्ष ४० को बाबु बल भन्ने नक्कल बहादुर बल र हेटौंडा – ११ थानाभर्‍याङ बस्ने बर्ष १९ को आशिष भन्ने सलमान गुरुङ रहेका छन् ।

प्रहरीका अनुसार आइतबार १३:५५ बजेको समयमा इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले नेवारपानीस्थित पुर्व पश्चिम लोकमार्ग सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा नारायणगढबाट हेटौडा हुँदै कोल्वीतर्फ जान आउँदै गरेको ना ५ ख ५१२९ नं. को यात्रुबाहक बसमा बल र गुरुङलाई शंका लागी खानतलासी गर्दा निजहरुले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा १५ किलो ६८० ग्राम लागूऔषध गाँजा फेला हो।

उक्त लागूऔषध गांजासहित बल र गुरुङलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ८ दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जानकारी दिइएको छ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan