Search
Close this search box.

भूमि सम्बन्धी समस्या समाधानका लागि अभियान

हेटाैंडा- भूमि सम्बन्धी समस्या समाधानका लागि भूमि आयोग मकवानपुरले आफ्नाे कामलाई तीव्रता दिएकाे छ । मकवानपुरको बागमती गाउँपालिकाबाट सुरु भएको आयोगको अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार राक्सिराङ गाउँपालिकामा गरिएको छ ।

बागमती गाउँपालिका र थाहा नगरपालिकामा आयोगले अन्तरक्रिया गरिसकेको छ । राक्सिराङ गाउँपालिकाको कार्यालय चैनपुरमा भएको अन्तरक्रिया एवम् छलफल कार्यक्रममा भूमि समस्या समाधान आयोग मकवानपुरका अध्यक्ष बलराम बलले मकवानपुरको विकट भनिएको यो गाउँपालिकाका बासिन्दाको समास्या समाधानमा भूमि आयोगले काम गर्ने बताए । आयोगले गरेको काममा गाउँपालिका सहित सम्पूर्ण वडातहबाट साथ र सहयोग हुनुपर्ने उनले बताए । तयार भएका फाईलहरु समयमानै आयोगमा पठाउने व्यवस्था मिलाउन उनले जनप्रतिनिधिहरुलाई अनुरोध समेत गरे । कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले प्रमाणीकरण भएका फाइलहरु अड्केर बसेको धेरै भएकाे भन्दै चाँडै आयाेगले समस्या समाधान गरिदिनुपर्ने बताए । छुट जग्गा दर्ता कायम गर्न भूमि समस्या समाधान आयोगले २ पटक ३५ दिने सूचना समेत प्रकाशित गरिसकेको र अझैपनि छुट जग्गाहरु दर्ता गर्न बाँकी रहेको हुँदा अर्को सूचना प्रकाशित गर्नको लागि समन्वय गरिदिन समेत अध्यक्ष मल्लले अनुरोध गरे । राक्सिराङ गाउँपालिकामा भएका ९ वटा वडाहरुबाट प्रमाणीकरण भएका फाइलहरुमध्ये भूमिहिन दलित ३३ जना, भूमिहिन सुकुम्बासी ३५० जना र अव्यवस्थित सुकुम्बासी १३०१ गरी १६८४ परिवारको पहिचान भएको भूमि समस्या समाधान आयोग मकवानपुरका सदस्य कविन सांगामीले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुनप्रसाद चौलागाई, सदस्य डिल माया घर्ती, संविधानसभा सदस्य गोविन्दराम चेपाङ, मालपोत कार्यालय मकवानपुरका प्रमुख रघुवंश कडेंल, नापी कार्यालय मकवानपुरका प्रमुख खीम बहादुर राना, वडा अध्यक्षहरु र पालिकामा क्रियाशील राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

केही प्रतिक्रिया छ कि ?
यो समाचार पढेर कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Search

© 2024 Copyright Samriddhi Communication pvt Ltd | All rights reserved.
Desigined By: Keshav samarpan