मकवानपुर । मकवानपुरगढी गाउँपालिका–५ नयाँगाउँमा बाघले दुईवटा बाख्रा मारेको घटना सार्वजनिक भएको छ।
मकवानपुरगढी–५ का बासिन्दा तखत बहादुर लुङ्वाका बाख्रा शुक्रबार साँझ करिब ४:१५ बजे घरनजिकैको बड्किचौर जंगलमा चरिरहेका बेला बाघले आक्रमण गरी मारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीकोअनुसार, शनिबार बिहान ८:४० बजे प्राप्त भएपछि अस्थायी प्रहरी चौकी धादिङ मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो। घटनास्थलको निरीक्षण गर्दा बाख्रा बाघले मारेको वा खाएको देखिएको प्रहरीले जनाएको छ।
वन कार्यालयका कर्मचारीसँग समन्वय गरेर मुचुल्का कार्य भइरहेको छ। उक्त स्थान अस्थायी प्रहरी चौकी धादिङ मकवानपुरबाट करिब ५ किलोमिटर उत्तरतर्फ पर्छ।
केही प्रतिक्रिया छ कि ?
