काठमाडौ– १५०० कि.मि. पूर्व पश्चिम फैलिएको सुबिसुको नेटवर्क नोकियासँगंको सहकार्यमा ४०० जीबिपिएस क्षमताको सिंगल अपटिकल फाईबर सोलुशन बिस्तार गरेको छ । बढ्दो ईन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गति तथा गुणस्तरीय इन्टरनेट तथा इन्रातानेट सेवा प्रदान गर्नका लागि नोकियाको अत्याधुनिक सोलुशनले सुबिसुले प्रदान गर्ने ब्रोडब्याण्ड सेवामा उल्लेखनीय सहयोग पु¥याउने विवशस लिइएको छ ।

सुबिसुका रिटेल तथा कर्पोरेट ग्राहकहरूलाई उच्च गतिका ब्रोडब्यान्ड इन्टरनेट तथा इन्ट्रानेट प्रदान गर्न नोकियाले नेपालमै पहिलो पटक ४०० जीबिपिएस् क्षमताको सिंगल अप्टिकल फाइबर सोलुशन उपलब्ध गराएको हो । जसले सुबिसुको बढ्दो ब्याण्डविथ आवश्यकतालाई सम्बोधन गरी नयाँ बजार स्थापना गर्न मद्दत समेत गर्ने बताइएको छ । अब सुबिसुका ग्राहकहरूले उच्च गतिको ब्रोडब्याण्ड सेवामा थप गुणस्तरीय सेवाको अनुभव प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
४०० जीबिपिएस सिंगल फाइबरयुक्त नोकिया १८३० फोटोनिक सर्भिस स्विच (पीएसएस) प्लेटफार्म अफरिङ्गफोटोनिक सर्भिस ईन्जिन (पीएसई), दुई दिशात्मक वेभलेन्थ डिभिजन मल्टिप्लेक्सिंग दैशभर जडान गरिएको छ । विश्वमै यस्तो समाधानको यो पहिलो अपरेसन भएको बताइएको छ ।

नोकियाको ४०० जीबिपिएस सिंगल फाइबर सोलुशनले फाइबर क्षमतामा उल्लेखनीय सुधार गरी
सुबिसुको नेटवर्कलाई सोलुशन कस्ट अप्टिमाइज गर्दै र अपरेशन कस्ट घटाउदै थप सबल बनाउन मद्दत गर्ने पनि कम्पनीले जनाएको छ । यस समाधानले सुबिसुलाई सिंगल फाइबरको माध्यमबाट मल्टि–टेराबिट क्षमताको नेटवर्क सजिलै प्रदान गर्दछ ।

‘नोकियासँग हामी निकै लामो समयदेखि काम गर्दै आएका छौं र नोकियाको इण्डस्ट्री लिडिङ्ग उत्पादन तथा सोलुशनहरूले हाम्रो सुबिसुको ग्राहकहरूलाई उच्च गति तथा गुणस्तरीय ब्रोडब्यान्ड सेवा प्रदान गर्न मद्दत गरिरहेको छ ।’ सुबिसुका सीईओ बिनय मोहन साउदले भने– ‘यस महत्वपूर्ण परियोजनाको लागि नोकिया एकमात्र विक्रेता हो र यसको सोलुशनहरूले हाम्रो सेवाको माध्यमबाट ग्राहकवर्गहरूलाई उच्चस्तरीय अनुभव तथा सेवा प्रदान गर्न हामी सक्षम भएका छौं ।”

सुबिसु जस्ता सेवा प्रदायकहरूलाई बढ्दो क्षमताको माग पूरा गर्न र ग्राहकको अनुभवलाई अझ परिस्कृत गर्न सक्षम भएको भारतका लागि नोकियाका इमर्जिङ्ग मार्केटका प्रमुख विनीश बावाले बताए । ‘सुबिसुको अप्टिकल नेटवर्कलाई आधुनिकरण गर्न यस महत्वपूर्ण परियोजनालाई सफल र समयमै समाप्त गरी उच्च प्रतिफल दिन पाएकोमा हामी खुशी छौं साथै भविष्यमा हाम्रो साझेदारी यसरी नै सदैव कायम रहनेछ ।” उनले भने । नियोटेरिक नेपालका एम.डी संजय गोल्छाले नोकियाको पार्टनर भएको नाताले नेपालमा नयाँ र भविष्य उपयोगी टेक्नोलोजीको निर्माण गरी उच्च गतिको कम्युनिकेशन प्रणाली बनाउने प्रकृयामा सहयोग गर्न सदैव प्रतिबद्ध रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here