हेटौंँडा, भर्चुअल प्रविधिबाट आयोजना भएको नवोदय सिङ्गीङ स्टारमा उत्कृष्ट तीन विद्यार्थी छनौट भएका छन् । सोमबार भएको ६ जना प्रतिस्पर्धी बीच भएको फाइनल राउण्डमा चिराग डङ्गोल, आशुतोष पोखरेल र आयुश खरेल उत्कृष्ट नवोदय सिङ्गीङ स्टार घोषित भएका हुन् ।

प्रतियोगितामा सामाजिक सञ्जालमार्फत भोटिङ र निर्णायकको नतिजाको आधारमा उत्कृष्ट तीन विद्यार्थी छनौट गरिएको हो । प्रतियोगितामा निर्णायकद्वय गायिका सुनिता शर्मा लुइँटेल र गायक तथा सङ्गीतकार रमेश तिमल्सिना रहेका थिए ।

४० जना विद्यार्थीबाट शुरु भएको प्रतियोगिताको विभिन्न छनौट पार गर्दै फाइनल राउण्डसम्ममा उत्कृष्ट तीनसँगै सम्वृद्धि बास्ताकोटी, विपिसा रुवाली, आरुष चौलागाईँ पुगेका हुन् । सीए (क्रियटिभ आर्ट) को सङ्गीत शिक्षक प्रलय चौलागाईं र अश्विन थिङको समन्वयमा कार्यक्रम भएको हो । फाइनल राउण्डमा विद्यालयका निर्देशक दीपेश जोशीले हरेक वर्ष प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतियोगिताले विद्यार्थीहरुको लुकेको प्रतिभा उजागर गर्ने भएकाले गर्दा हरेक वर्ष नवोदय सिङ्गीङ स्टार कार्यक्रम सञ्चालन गर्ने उनले बताए । उत्कृष्ट छनौट भएका तीन जना विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिने छ । भर्चुअल प्रविधिबाट सम्पन्न भएको प्रतियोगितामा सीएका शिक्षकको भूमिका महत्वपूर्ण भएकाले गर्दा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको विद्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here