सुजना जोशी

कलकत्तामा आयोजित सम्मेलनमा जननेता मदन भण्डारीले “समकालीन बिश्वपरिस्थिती र माक्र्सबाद सार्थकता ” बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो जसमा उल्लेख छ माक्र्सवाद बिश्वमा असफल भएको होईन सोभियत नमुना मात्र असफल भएको हो।

जनताको बहुदलीय जनवाद बैज्ञानिक आधुनिक र सामाजिकताको साथसाथै समयानुकूल परिबर्तित ;[जनशिलताको अनुपम नमुना मान्न सकिन्छ। सामाजिक परिवर्तन, रुपान्तरण र ब्यबस्थापनका प्रश्नमा बिश्वमा गरिएका प्रयोगको अनुभबले अझ समृद्ध पारिएको नेपाली माक्सवाद आजको अपरिहार्य आबश्यकता बन्दैछ।सामाजिक बिचार प्रणालीका अनुभवसिद्द सकरात्मक पक्षहरूलाई समेटेर ब्यबस्थित गरिएको सिद्धान्त नै जनताको बहुदलीय जनवाद हो ।

सन् १९९३ मे ५ देखि ७ सम्म कलकत्तामा आयोजित सम्मेलनमा जननेता मदन भण्डारीले “समकालीन बिश्वपरिस्थिती र माS;{वादको सार्थकता ” बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो जसमा उल्लेख छ माक्र्सवाद बिश्वमा असफल भएको होईन सोभियत नमुना मात्र असफल भएको हो ।त्यसकारण बिभिन्न देशमा बिभिन्न मोडेलको रूपमा प्रयोगमा ल्याईएको माS;{वाद भन्दा समय सापेक्ष रूपमा नेपाली माटोलाई सुहाउँदो नेपाली जनताको भावनालाई समेट्ने नेपालीपनको जनताको बहुदलीय जनवाद आजको आवश्यकता महसुस हुदै आएको छ।

१९९० को दशकमा कम्युनिष्ट आन्दोलन बिभिन्न देशमा चलेका आन्दोलनहरूको जुन किसिमको एउटा रक्षात्मक अवस्थामा गएको स्थिति थियो। यस घटनाहरूबाट कम्युनिष्ट आन्दोलनको सिकाईहरू अनुभबहरुलाई मध्यनजर गर्दै नेपालको कम्युनिष्ट आन्दोलन सबल र सक्षम बनाउनका निमित्त हुबहु लागू गर्ने भन्दा पनि त्यसलाई रूपान्तरित गरी नेपाली मोडेलको माS;{वाद जबज नै सान्दर्भिक हुनेछ । २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी २००८सालदेखि शुरूगरेको दस्ताबेजीकरण लगायत पार्टीलाई जुन ढङ्गले परिष्कृत गर्दै लाने प्रकृया भयो। २००६ सालदेखि २०१७ सालसम्म आउँदा बिभिन्न ढङ्गले बिभाजित खण्डिकरण हुदै नेपाल कम्युनिष्ट पार्टीले २०२८ को झापा बिद्रोहबाट पाठ सिक्दै ४० को दशकमा कम्युनिष्ट आन्दोलनलाई एकिकृत गर्दै माS;{वादलाई नेपालको परिबेश अनुसार परिमार्जित गर्दै तत्कालीन मालेको चौथो महाधिवेशनले बहुदलीयतालाई स्विकार गरेर अगाडि बढ्ने प्रयास भयो। त्यसपछि २०५० सालमा मदन भण्डारीले नेतृत्व गर्नुभएको पाँचौ महाधिवेशनले पार्टीको आधिकारिक कार्यक्रमकै रूपबाट जनताको बहुदलीय जनवाद अगाडि आयो। यसले पाटिलाई देशलाई सही दिशा दिन जनताका बिचमा नै जानुपर्छ प्रतिस्पर्धामा बिश्वास गर्नुपर्छ जनताले दिएको कार्यदिशा अनुसार नै अगाडि बढ्नुपर्दछ।जनता नै सर्वोपरी हुन्।यसैलाई आधार मानेर कम्युनिष्ट शासन ब्यवस्था पनि चल्नुपर्छ भन्ने बिचारको सुत्रपात भयो यो आफैमा एउटा चुनौतिपूर्ण पनि थियो।बेलाबेलामा टुट्ने फुट्ने र ब्यक्तिगत आकांक्षा र मनोबृत्तिले काम गरेको अबस्थामा मदन भण्डारीको यो एउटा चोटिलो प्रहार थियो ।पाँचौ महाधिवेशन पछि आधिकारिकता पाएको जनताको बहुदलीय जनवादले २०७७ साल सम्म आउदा त्यसरि नै परिष्कृत रुपमा नेपाली जनताको परिबर्तित ईच्छा चाहना बमोजिम नै यो भङ्गको सफल नेपाली मोडेल स्थापित भएको छ।बिश्वलाई पनि निर्वाचनद्वारा जनताको मत जितेर कम्युनिष्टले शासन ब्यवस्था संचालन गर्ने भन्ने कुरा आफैमा अत्यन्तै उदाहरणीय काम पनि हो।

जननेता मदन भण्डारी सहि समयमा सहि ढंगले बिश्व परिस्थितिको आकलन मापन र निर्णय गर्न सक्नुहुन्थ्यो भन्ने कुरा तत्कालीन दृष्टान्तका रूपमा अमेरिकी पत्रिका न्युज विकले २७ मेरो १९९१ मा ” नेपाल जहाँ कार्ल मार्क्स जिबित छ ” शिर्षकमा छापेको जननेता मदन भण्डारीको अन्तरबार्तालाई लिन सकिन्छ। माS;{वाद एउटा बिज्ञान पनि हो।बिज्ञान कहिल्यै स्थिर हुदैन जहिले बिकशित रूपमा अगाडि बढिरहेको हुन्छ चलायमान भैरहेको हुन्छ। यसलाई सृजनात्मक प्रयोगको अर्को संस्करणको रूपबाट पनि हेर्न सकिन्छ .
प्रतिस्पर्धामा श्रेष्ठता , शक्ति पृथकीकरणको सिद्धान्त,आबधिक निर्वाचन, राष्ट्रिय पुजीको निर्माण,मानब अधिकारको रक्षा र शुसासनको कुरा लगायत थुप्रै अग्रगामी फड्को मार्ने र समयानुकूल जनताका भाबनालाई समेट्ने र अगाडि बढ्ने कुरामा जनताको बहुदलीय जनवाद दृढ छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here