हेटौंडा– हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनमा अभ्ययनरत विद्यार्थीले आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती विशेष कार्यक्रम गरेर मनाउने भएका छन् । असार २९ गते पर्ने २०८ औं भानु जयन्तीको अवसरमा नवोदय साहित्यिक बगैंचा क्लवले भर्चुअल माध्यमबाट कार्यक्रम गर्ने तय गरेको छ ।

क्लवले मंगलबार पत्रकार सम्मेलन गरी विद्यार्थीहरुको ज्ञान र क्षमता बढाउनुका साथै नेपाली भाषा र नेपाली भाषा र साहित्यको विकास गर्ने उद्देश्यले विविध कार्यक्रम गर्न लागेको बताएको हो । क्लबकी अध्यक्ष अनुषा उप्रेतीका अनुसार भानु जयन्तीका दिन विविध ६ वटा कार्यक्रम तय गरिएको छ । भचुर्अल माध्यमबाट हुने कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवनीमा आधारित नाटक प्रर्दशनी, आदिकविको जीवनीसँग सम्वन्धित प्रश्नहरु सोध्ने पोलिङ कार्यक्रम, बाल साहित्य माथि बहस, मकवानपुरमा रहेर साहित्यक क्षेत्रमा क्रियाशील तीन पुस्ते साहित्यकारहरुको रचना वाचन, आदिकविको बारेमा समालोचनात्मक दृष्टिकोण र दिमाग लगाउने खेल रहेका छन् ।

कार्यक्रमले विद्यार्थीलाई साहित्यतर्फ आकर्षित गराउँदै साहित्यकाहरुको स्मरण गर्दै सम्मान गर्न, विद्यार्थीमा हुने नेतृत्व क्षमता पहिचान गरी विकास गर्न, व्यक्त्तित्व विकास गराउँदै सिर्जनशील बन्न, तार्किक साथै काल्पनिक क्षमताको विकास गराउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

कार्यक्रमको सबै तयारी पूरा भइसकेको क्लबकी अध्यक्ष तथा कार्यक्रम संयोजक उप्रेतीले जानकारी दिइन् । कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न ६ वटै कार्यक्रमको संयोजक तोकेर क्लबले काम गरेको उनले जानकारी दिइन् । क्लबकी सचिव दर्शना सापकोटाले सहजीकरण गरेको पत्रकार सम्मेलनमा नवोदय शिशु सदनका नेपाली विषयका शिक्षक चन्द्रमणि रिमाल, बाल क्लबका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here