लन्डन– टाइब्रेकरमा स्पेनलाई हराउँदै इटाली युरोकपको फाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेट र थप गरिएको समयमा दुबै टिमले १–१ को बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

टाइब्रेकरमा इटालीले स्पेनलाई ४–२ ले स्तब्ध पार्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ६०औं मिनेटमा इटालीका फेडेरिको किएजाले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी हुँदा स्पेनले बराबरी गोल फर्कायो ।

त्यसपछि दुबै टिमले गोल थप्न नसक्दा खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो ।

इटालीले अब इंग्ल्यान्ड र डेनमार्कबीचको विजेता टिमसँग सोमबार फाइनल खेल्नेछ । इंग्ल्यान्ड र डेनमार्कबीचको दोस्रो सेमिफाइनल खेल आज राति १२ स् ४५ मा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here