हेटौंडा– नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्तीको अवसरमा हेटौंडा–४ मा रहेको नवोदय शिशु सदनमा उनको काव्यिक योगदानको चर्चा गरिएको छ ।
मंगलबार नवोदय साहित्यिक बगैँचा बाल क्लवले भर्चुअल प्रविधिबाट भानु जयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहेका साहित्यकार तथा सर्जक सञ्जाल मकवानपुरका अध्यक्ष निमेष निखिलले आदिकवि भानुभक्त आचार्यलाई दुईवटा दृष्टिकोणबाट चर्चा परिचर्चा हुने गरेको बताए । ‘महान काम गरे भनेर एकथरी मानिसले देवत्ककरण गर्ने काम गरे भने अर्का थरिले भानुभक्तले लेखेका लेख रचना, श्लोकहरुलाई आलोचना गर्नतर्फ केन्द्रीत भएको देखिन्छ । भानुभक्तले पु¥याएको योगदानलाई निमिट्यान्न पार्ने प्रयास साहित्यमा भएको पनि देखिन्छ ।’ निखिलले भने ।

रामायणलाई भानुभक्तले अनुवाद गरेको नभई भावानुवाद गरेको निखिलको तर्क छ । भानुभक्तले लेखेको रचनालाई स्वस्थ आलोचना गरेमात्र उनीप्रति सम्मान हुने निखिलको भनाइ रहेको छ । कार्यक्रममा आदिकवि भानुभक्त आचार्यको जीवनकथामा आधारित नाटक प्रदर्शन, पोलिङ, वर्तमान अवस्थामा बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा बहस, तीनपुस्ते साहित्यकारहरुको रचना वाचन गरिएको थियो ।

कार्यक्रममा वर्तमान अवस्थामा बालसाहित्यलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा पत्रकारबाट सुरेश श्रेष्ठले अहिलेको समयमा यति धेरै स्थान दिँदा पनि विद्यालयबाट जसरी विद्यार्थीका रचनाहरु आउनु पर्ने हो त्यति नआएको बताए । त्यस्तै शिक्षक दीपक गौतमले विद्यालयले जुन किसिमले वातावरण दिनुपर्ने हो त्यति दिन नसकेको बताए ।

कार्यक्रममा विद्यार्थीबाट धनगढीका विभूति अधिकारी र बाल साहित्यकार यशु श्रेष्ठले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा पुरुषोत्तम आचार्य र प्रशन्ना चौलागाईंले २÷२ वटा पद्य शैलीको रचना वाचन गरेका थिए । नवोदय साहित्यिक बगैंचा बालक्लबका अध्यक्ष तथा कार्यक्रम संयोजक अनुषा उप्रेतीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here