हेटाैंडा- हेटाैैंडा-२ मा रहेकाे बाल जागृति इङ्लिस सेकेन्डरी बाेर्डिङ स्कुलकाे अायाेजनामा भएकाे अन्तर कक्षास्तरीय कविता प्रतियाेगितामा उत्कृष्ट ११ विद्यार्थी छनाैट भएका छन् । २०८ अाैं भानु जयन्तीकाे अवसरमा असार २९ गते भर्चुअल माध्यमबाट भएकाे प्रतियाेगिताकाे नतिजा शुक्रबार सार्वजनिक गरिएकाे हाे ।

३२ जना विद्यार्थीले सहभागिता जनाएकाे प्रतियाेगितामा कक्षा २ कि अारुषी काफ्ले, कक्षा ३ कि कृष्मा अर्याल, कक्षा ४ कि एमी श्रेष्ठ, कक्षा ५ कि अाशिका न्याैपाने उत्कृष्ट घाेषित भइन् । त्यस्तै कक्षा ६ का अादित्य चाैलागाई, कक्षा ७ कि अायुषा श्रेष्ठ, कक्षा ८ का कृशाङ्गी अर्याल र कृति पाण्डे पनि उत्कृष्ट घाेषित भएका हुन् ।

कक्षा ९ का दिपेन्द्र चाैलागाईं, कक्षा १० का रिसिका श्रेष्ठ र नीला मैनाली पनि उत्कृष्ट बनेका छन् । प्रतियाेगितामा साहित्यकार श्यामकुमार बानियाँ र देवराज तिवारीले निर्णायककाे भूमिका निर्वाह गरेका थिए । प्रतियाेगितामा उत्कृष्ट हुने विद्यार्थीलाई विद्यालयमा बाेलाई पुरस्कार वितरणकाे कार्यक्रम गर्ने विद्यालयका प्रिन्सिपल विनाेद सुवेदीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here